सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध
वि.सं.२०८० असार २३ शनिवार १७:३४
1.74K
shares

काठमाडौं, २३ असार । सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय भरतपुरले एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन जाममा परेका छन् ।
वि.सं.२०८० असार २३ शनिवार १७:३४

















