skip this

गायक रोविन तामाङको अन्तिम दाह संस्कार आज गरिदै

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम दाह संस्कार गरिदैछ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिब शरिरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मलागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।

गायक रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।उनका केटाकेटी।।। चिसो चिसो।।। लगायतका गीतहरु स्रोता तथा दर्शकले मन पराएका छन भने उनले छडके, चिसो एष्ट्रेलगायत चलचित्रमा अभिनय गरेका छन् ।

nijgadh-supermart-adz1200-630