skip this

राष्ट्रियसभा बैठक बस्दैः विनियोजन विद्येयकमाथि मन्त्रालयगत छलफल हुँने

711 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज दिउँसो ११ः३१ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार शुक्रवारको बैठकमा विनियोजन विद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेटमाथि पनि छलफल हुनेछ ।

nijgadh-supermart-adz1200-630