skip this

सन् २०३० सम्म स्वच्छ खानेपानीको लक्ष्य पुरा गर्नु चुनौतिपूर्ण रहेको छ : मन्त्री यादव

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । सन् २०३० सम्म स्वच्छ खानेपानीको पहुँचको लक्ष्य पुरा गर्नु चुनौतिपूर्ण रहेको खानेपानी मन्त्री महेन्द्र राय यादवको भनाई छ । आज राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत छलफल पछि उठेका प्रश्नहरुको जवाफ दिँदै खानेपानी मन्त्री यादवे निर्धारित दिगो विकासको लक्ष्य पुरा गर्न कठिन हुने देखिएको बताएका हुन् ।

खानेपानी मन्त्री यादवे भने ‘ दिगो विकासको लक्ष्य अनुसार २०३० सम्म जनसंख्याको शत् प्रतिशत आधारभुत खानेपानी, ९० प्रतिशतमा स्वच्छ खानेपानी पहुँच पु¥याउने लक्ष्य पुरा गर्न हामी सबैको चुनौती छ ।’ उनले सरसफाई क्षेत्रमा निर्धारित लक्ष्य हासिल गर्न अथक प्रयास गर्नु पर्ने उल्लेख गरेका छन् । उनले खानेपानी तथा सरसफालई ऐन २०७९ को प्रकाणिकरण संगै राज्यको खानेपानी तथा सरसफाई प्रतिको दृष्टिकोण फराकिलो हुदै गएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630