जब दुई बालबालिकालाई बोरामा हालेर भारत कटाउँदै गरेका युवक रोक भन्दा भागेपछि..
वि.सं.२०८० भदौ ३ आइतवार २२:१६

बारा–बारामा दुई बालवालिका बोरामा राखी चोरेर लादै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार अदापुरका २७ वर्षिय तबरेज आलम रहेको सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डागीले बताए ।
देवताल गाउँपालिका वडा नं. ३ बस्ने पुजा महतोको १ बर्षका छोरी, र प्रेमचन्द्र महतोको २ वर्षको छोरालाई बोरामा हालेर देवताल गाउ“पालिका वडा नं. ३ बड्की आम्वाको नाकाबाट भारत लैजाने क्रममा बडकी आम्बाका युवाले समातेर सशस्त्र प्रहरीलाई बुझाएका थिए ।
बड्की आम्बा नाका भई गईरहेको अवस्थामा यूवाहरुलाई शंका लागेर तवरेजलाई बोरामा के राखेको भनेर सोध्दा बोरा फाली भाग्न खाजेपछि केही यूवाहरुले लखेटेर उनलाई पक्राउ गरि सशस्त्र प्रहरीलाई बुझाएको थियो ।
खेल्दै गरेको अवस्थाबाट बालबालिकाहरुलाई नियन्त्रणमा लिई बेहोस बनाई बोरामा राखी लगिरहेको स्थानीयहरुले जानकारी दिएका हुन् ।
पक्राउ परेका तवरेजको बारेमा निजलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता दधीराम न्यौानेले जानकारी दिए ।
वि.सं.२०८० भदौ ३ आइतवार २२:१६

















