skip this

पचरौताकी उपप्रमुख खातुनमाथि आक्रमणको विरोध

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनमाथि भएको आक्रमणको विरोध भएको छ ।

उनको बैरियास्थित घरमा शनिवार ८ बजे राती एक समूहले आक्रमण भएको थियो ।
निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले सोमबार एक विज्ञप्ती जारी गर्दै आक्रमणको घटनाको विरोध गरेका हुन् ।

उनले आक्रमणको घटनाको खबरले स्तब्ध बनाएको जनाएका छन् । ‘अराजक समुहद्वारा गरिएको यस अपराधिक घटना प्रति निजगढ नगरपालिका घोर भत्सर्ना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ–‘उपप्रमुखज्यू लगायत उहाँको परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीय सरकारका जनप्रतिनिधिको मनोबल गिराउन गरिएको यस्ता अराजक र निन्दनीय कार्य प्रति खेद प्रकट गर्दछौं ।’

विज्ञप्तीमार्फत दोषीलाई यथाशिघ्र कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासन एवं नेपाल सरकारसँग माग गरिएको छ ।

त्यसैगरि नेपाल नगरपालिका संघले पनि विज्ञप्ती निकालेर घटनाले स्तव्द बनाएको उल्लेख गरेको छ । संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तीमा घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । यस्ता घटनाले जनप्रतिनिधिको मनोबल गिराउने भन्दै विज्ञप्तीमार्फत चिन्ता व्यक्त गरिएको छ ।

यसैबीच बारा क्षेत्र नं. १ का संघीय सांसद अच्चयुत मैनालीले घाईतको अवस्था बुझेका छन् । गण्डकस्थित न्युरो अस्पतालमा उपचारत उपप्रमुखका पति नेवाजी अंसारीसहित परिवारलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

पचरौताकी उपप्रमुख खातुनको घरमा आक्रमण ! परिवारमाथि कुटपिट र लुटपाट

nijgadh-supermart-adz1200-630