skip this farak Kura Pravakar

आठ वर्षपछि खुल्यो तातोपानी नाकाबाट आवतजावत

774 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आठ वर्षपछि नेपाल–चीन सीमानाका तातोपानीबाट आवतजावत सुरु भएको छ । १२ वैशाख २०७२ मा गएको शक्तिशाली भूकम्पछि पूर्ण रुपमा बन्द रहेको तातोपानी नाकाबाट शुक्रबारदेखि आवतजावत सुरु भएको हो ।

लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले स्वागत गरेर आवतजावतको सुरु गरिएको हो । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट गत १८ वैशाखबाट दोहोरो आयात निर्यात खुलाइएको थियो ।

nijgadh-supermart-adz1200-630