प्रणामी व्यवसायि संघ नेपालद्धारा सिंगौलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
वि.सं.२०८३ साउन ३ आइतवार २१:४६

बारा– प्रणामी व्यवसायि संघ नेपालले बाराको निजगढ नगरपालिका–३ सिंगौलस्थित लालीगुरास आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
संघको छ्र्रैठौं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई व्याग र कापी, कलम सहयोग गरेको हो ।
कार्यक्रमको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले व्यानर बाचन गरेर उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पुरीले धार्मिक संस्थाले अध्यात्मको विकाससँगै समाजको चौतर्फी विकासका लागि योगदान दिन सक्छ भन्ने प्रणामी व्यवसायि संघले उद्धाहरण प्रस्तुत गरेको बताएका छन् ।
मेयर पुरीले निजगढ नगरभित्रका शैक्षिक संस्था कक्षा कोठा विहीन अवस्थाको अन्त्य गर्दै भौतिक विकाससँगै शैक्षिक गुणस्तरमा जोड दिईरहेको सुनाए । उनले बालबालिका शिक्षा प्राप्तीको नगरपालिका अभिभावक बनेर अभिएको भन्दै आर्थिक तथा पारिवारिक कारणले शिक्षाबाट बञ्चिन हुन नदिने बताएका छन् ।
त्यस्तै वडा नं. ३ का वडा अध्यक्ष गोकुल तिमल्सिनाले एउटै वडामा ४ वटा विद्यालय रहेको एक मात्र ३ नं. वडा रहेको भन्दै संघको सामाजिक उत्तरदायित्वको कार्यक्रममार्फत आयोजना गरेको भन्दै धन्यवाद दिएका छन् ।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक जनक रुम्बाले चुनौतिपूर्ण अवस्थाबाट गुज्रिएर अगाडी बढेको विद्यालयका विद्यार्थीलाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
संघका केन्द्रिय सदस्य प्रकाश सापकोटाले स्वागत र सञ्चालन महासचिव प्रमोद वाग्लेले गरेका थिए ।
संघका अध्यक्ष विष्णु वाग्लेले संघले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न स्थानमा सहयोग गर्दै आएको जानकारी गराउँदै यो वर्ष शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसिंह जिम्बा, श्रीकृष्ण प्रणामी सेवा समितिका सह कोषाध्यक्ष अर्जुनप्रसाद वाग्ले, बारा पर्साका अध्यक्ष अर्जुन प्रसाद घिमिरे, श्रीकृष्ण प्रणामी बाईजुराज केन्द्रिय उपमहासचिव अनिता पौडेल लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरि श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य मोमिन बजगाई, श्रीकृष्ण प्रणामी यूवा परिषद् मधेस प्रदेश अध्यक्ष उद्धब तिमल्सिना, श्रीकृष्ण प्रणामी सडकटोलका अध्यक्ष यादवकुमार तिमल्सिनाको उपस्थिति रहेको थियो ।
त्यस्तै प्रणामी व्यवसायि संघ नेपालका उपाध्यक्ष रामप्रसाद पोखरेल, कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष श्याम मुडभरी, सदस्य नकुल प्याकुरेल, विनोद पुडासैनी, सुर्यमणी गौतम, ईन्द्र पोखरेल, अर्जुन पोखरेल, श्याम पोखरेल, जीवन न्यौपाने, प्रणामी व्यवसायि संघ नेपाल मकवानपुका अध्यक्ष सागर उप्रेती, उपाध्यक्ष प्रकाश वाग्ले लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०८३ साउन ३ आइतवार २१:४६

















