skip this

विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ : महामन्त्री थापा

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्मा यसलाई सच्याउने बताएका छन् ।

उनले लेखेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्मा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ ।’

शिक्षा क्षेत्रका सरोकारवालाको चिन्ताको विषयलाई सम्बोधन गर्ने विश्वास दिलाउँदै नेपाली कांग्रेसका संसद् समेट रहेका थापाले भनेका छन्, ‘संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौं ।’

आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु ।’

nijgadh-supermart-adz1200-630