skip this farak Kura Pravakar

तीन महिनादेखि सिम्रौनगढ नगर अस्पताल ठप्प, तीन दिनभित्र सेवा सञ्चालन गर्न अल्टिमेटम

2.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा उद्योग वाणिज्य संघ शाखा सिम्रौनगढले सिम्रौनगढ नगर अस्पताल सञ्चालन गर्न माग गरेको छ ।

तीन महिनादेखि बन्द रहेको नगर अस्पताल संचालनमा ल्याउन सिम्रौनगढ नगरपालिकासँग माग गरेको हो ।

अस्पताल बन्द हुदा स्वास्थ्य सम्बन्धी सेवाबाट नगरबासी बञ्चित भईरहेको भन्दै ताला बन्दी खोलर अस्पताल संचालन गराउनमा पहल गर्न संघका अध्यक्ष लालबाबु प्रसादले नगर प्रमुख किशोरी प्रसाद कलवारलाई ज्ञापन पत्र बुझाईएको हो ।

तीन दिन भित्र अस्पताल संचालन गर्न अल्टिमेटन दिईएको छ । तीन भित्र अस्पताल सञ्चालन नगरिए सिम्रौनगढ नगरपालिकाको कार्यालयमा ताला बन्दी गरेर सबै सेवा बन्द गर्ने चेतावनी संघले दिएको छ ।

किन बन्द छ अस्पताल ?

सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढस्थित नगर अस्पताल एक महिनादेखि बन्द रहेको छ । तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मी र कर्मचारीहरूले गरेको तालाबन्दीका कारण गत असार ३१ गतेदेखि अस्पतालको सेवा ठप्प हुदै आएको हो ।

अस्पतालबाट सेवा बन्द भएको एक महिना पुरा हुँदा पनि सञ्चालन गर्नेतर्फ सरोकारवाला निकायले ध्यान नदिदा सेवाग्रहीहरु मार्कामा परेका छन् । स्वास्थ्यकर्मी र कर्मचारीहरु तलब भत्ताको माग गर्दै अस्पतालमा तालाबन्दी गरेर धर्नामा बस्दै आएका छन् ।

सिम्रौनगढ नगर अस्पताल

नगरपालिकाले करार सेवामा रहेका नगरका सम्पुर्ण कर्मचारीहरुको करार सेवा नविकरण नगर्ने भनेपछि थप अन्यौलता पैदा भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ४ देखि १५ महिनासम्मको तलब भत्ता नपाएको नगर अस्पतालका कर्मचारी अयुब मियाँ अंसारी बताउँछन् ।

नगरपालिकामा कार्यपालिकाका बहुमत सदस्य र नगरप्रमुख किशोरीप्रसाद साह कलवारबीचको आपसी द्वन्द्वका कारण अस्पताल सञ्चालनको लागि पहल नभएको बताइएको छ । अस्पतालमा उत्पन्न समस्या समाधानको लागि भनेर यो अवधिमा कार्यपालिकाको बैठक ३ पटक बोलाइएको भएपनि बैठक नै बस्न नसकेको नगरपालिका कार्यालयका एक कर्मचारीले बताएका छन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी

नगरप्रमुख कलवारले अस्पताल सञ्चालनका लागि हालसम्म ९६ लाख रुपैँया दिइसकेको तर त्यसको हरहिसाब अस्पतालका कर्मचारीले नदिएकाले समस्या उत्पन्न भएको स्वास्थ्य शाखाका प्रमुख बिजय शंकर ठाकुरले बताए ।

सिम्रौनगढ नगरपालिका कार्यालय ।

२०७८ जेठ २१ गतेबाट सेवा सुरु गरेको १५ शैयाको अस्पतालबाट सिम्रौनगढ र आसपासका सर्वसाधारणले सेवा लिदै आएका थिए । २४ घण्टे सेवाका कारण अस्पतालप्रति स्थानीयको आकर्षण बढेको थियो तर धर्नाका कारण सेवा ठप्प बनेपछि स्थानीय मार्कामा परेका छन् ।

अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी २४ जना कार्यरत छन् । उनीहरु मध्ये चार जना स्थायी र बा“की करार तथा अस्थायी ज्यालादारीमा कार्यरत छन् । यस अघि अघिल्लो साउनमा पनि नगरपालिकाले सूचना जारी गर्दै करारमा रहेका कर्मचारीहरुलाई नविकरण नगर्ने भनेपछि स्वास्थ्य सेवा करिब डेढ महिना ठप्प भएको थियो, पछि विभिन्न दबाव पछि कर्मचारीलाई वोलाईएपछि सेवा सुचारु भएको थियो ।

सिम्रौनगढ नगरपालिका प्रमुख किशोरी प्रसाद कलवार

छिमेकी देश भारतसँग जोडिएको पालिकाको नगर अस्पतालमा दैनिक करिब सय भन्दा बढीले उपचार सेवा लिने गरेका छन् । तर कर्मचारी व्यवस्थापन गर्न नसकेर अस्पताल नै बन्द गर्दा त्यसको सिधा असर ग्रामिण क्षेत्रका जनतामाथि परेको छ । राजनीतिक द्धन्द, स्वार्थ अझ भनौ कार्यकर्ता भर्तीको थलो बनेको तराइका पालिकामा जनतालाई भने सधै दुखको दुखै व्यहोर्नु परेको छ ।

nijgadh-supermart-adz1200-630