skip this

तेस्रो निजगढ नगरस्तरिय चौतारा भेट्रान्स फुटबल प्रतियोगिता सुरु

लालिगुँराश विजयीको विजयी सुरुवात

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–७ योजनामा निजगढ नगरस्तरिय चौतारा भेट्रान्स फुटबल भेट्रान कप सुरु भएको छ ।

चौतारा युवा क्लब निजगढ ७ को आयोजनामा बुधवारदेखि शुरु भएको भेट्रान फुटबल प्रतियोगितामा निजगढ–३ सिंगौलको लालिगुँराश युवा क्लबले विजयी सुरुवात गरेको छ ।

लालिगुँराशले निजगढ–९ को सनराइज युवा क्लव २÷१ गोलमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

लालिगुँराशको लागि दुबै गोल शेखर लोप्चनले गरेका थिए । लोप्चनले पहिलो हाफको १० र १५ औं मिनेटमा गोल गरेका हुन् । सनराईजको लागि दिपक बुढाथोकीले गोल गरेका थिए । मध्यान्तर पछिको ७ औं मिनेटमा बुढाथोकीले गोल गरेका थिए ।

प्रतियोगिताको उद्धाटन खेलको म्यान अफ दि म्याचको उपाधि लालिगुराँका शेखर लोप्चनले हात पारेका छन् । उनलाई प्रमुख अतिथि वडा अध्यक्ष टेक बहादुर लामाले ट्रफि प्रदान गरेका थिए ।

यसअघि प्रतियोगिताको उद्धाटन निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले गरेका थिए ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष लामा, समाजसेवी चन्द्रिका मगरले शुभकामना मनतव्य राखेका थिए ।

चौतारा युवा क्लवका अध्यक्ष दिल बहादुर पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, कार्यपालिका सदस्य मानबहादुर डासेली, नेपाली कांग्रेस निजगढ नगर सभापति नबराज तिमल्सिना, नेकपा (एमाले) निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, नेकपा (एकीकृत समाजवादी) निजगढका अध्यक्ष भिमप्रसाद सापकोटा, राप्रपा निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुर लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि नेत्रोदय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मोहन डिसी, नेत्रबहादुर पुलामी, महेशी कुमर, विभामाया पुलामी, पदमबहादुर भण्डारी, खड्गराज मैनाली, पत्रकार महेश्वर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता अन्तर्गत बिहीवार सिंगौल एफसी र आयोजक चौतारा युवा क्लबबीच खेल हुने छ । प्रतियोगितामा विजयी टोलीले ३० केजीको र उपविजेताले २० किलोको खसी पुरस्कार प्राप्त गर्नेछ ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी र गोल रक्षकसहित सबैभन्दा बढी गोल गर्ने एक जना खेलाडीलाई पनि ट्रफी प्रदान गरिने छ भने दिनको खेलमा म्यान अफ दि म्याचको ट्रफी पनि प्रदान गरिने आयोजक क्लबका बुद्धि राना मगरले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630