skip this

राजनीतिक दलसँग आवद्ध भएर चल्नुभयो भने एनआरएन चल्दैन : पुर्व परराष्ट्रमन्त्री खड्का

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध नहुन पुर्व परराष्ट्रमन्त्री नारायण खड्काले आग्रह गरेका छन् । आज विजया दशमीको अवसरमा आयोजित गैर आवासीय नेपाली संस्कृति र लगानी संवाद तथा चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा हरेक क्षेत्रमा राजनीतिकरण बढी मात्रामा भएको बताए ।

कार्यक्रममा उनले भने, ‘एनआएनहरुलाई मेरो आग्रह तपाईहरु कुनै पनि राजनीतिक दलसँग आवद्ध नभइदिनुस् । नेपालमा हरेक क्षेत्रमा राजनीति छ । यसले गर्दा विकृति विसंगति बढेको छ । यहाँको राजनीतिक दलसँग आवद्ध भएर चल्नुभयो भने एनआरएन चल्दैन ।’उनले विदेशिनेको संख्या बढ्दो क्रममा देखिएको र नेपाल प्रतिको एनआरएनको सदभाव रहेको बताए ।

nijgadh-supermart-adz1200-630