skip this farak Kura Pravakar

बाराको सुवर्णपुरमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

1.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराको सुवर्ण गाउँपालिका वडा नं. ४ हर्दियामा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

हर्दिया चोकबाट ५०० मिटर उतर बरियारपुर सडक खण्डमा हर्दियाबाट पशुरामपुरतर्फ जाँदै गरेको बीआर २९३३ नं. को मोटरसाईकल र र बिपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ११९ नं. को मोटरसाईकल एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका ना ४४ प ११९ नं. को मो.सा. चालक जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ७ बेनौली टोलका ४५ वर्षिय राकेश यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको छ ।

भारतीय नम्बर प्लेटको बी आर २९३३ नं. का मोटरसाईकल चालक बाराको सुवर्ण गाउँपालिका वडा नं. ८ पशुरामपुरका २६ वर्षिय मिनताज देवानको प्रहरीको निग्रानीमा एसएल न्यूरोमा उपचार भई रहेको छ ।

उनको दुर्घटनामा टाउको तथा शरिरको बिभिन्न भागमा चोट पटक लागेको छ भने अवस्था गम्भिर रहेको छ । घटनाबारे थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस नोटमार्फत जानकारी गराएको छ ।

nijgadh-supermart-adz1200-630