skip this farak Kura Pravakar

भूकम्पबाट प्रभावितहरुको लागि एनएमबि बैंकको ५० लाख सहयोग

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५० लाख नगद सहयोग प्रदान गर्ने एनएमबि बैंक लिमिटेडले घोषणा गरेको छ।गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठुलो धनजनको क्षति भएको थियो ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई २०८० कार्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ ।

nijgadh-supermart-adz1200-630