प्रथम निजगढ सिटी स्तरिय तेक्वान्दो च्याम्पियनसिप : २३ पदकसहित नेत्रोदय प्रथम
बेष्ट फाईटर भए सुदिप र सृष्टि
वि.सं.२०८० मंसिर २४ आइतवार १९:१२

बारा–बाराको निजगढमा प्रथम निजगढ सिटी स्तरिय तेक्वान्दो च्याम्पियनसिप शनिबार साँझ सम्पन्न भएको छ ।
च्याम्पियनसिपमा २३ पदकसहित नेत्रोदय प्रथम भएको छ । उसले १२ गोल्ड, ५ रजत र ६ कास्य पदक जितेको हो ।
त्यसैगरि ११ पदकसहित जनज्योती दितृय भएको छ । उसले २ गोल्ड, ४ रजत र ५ कास्य पदक जितेको हो ।
त्यसैगरि ७ सत्यश्वर पदकसहित तृतीय भएको छ । उसले २ गोल्ड, १ रजत र ४ कास्य पदक जितेको हो ।
बारा जिल्ला तेक्वान्दो संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको बेष्ट फाईटर (पुरुष) सुदिप लामा र महिलातर्फ सृष्टि लामा घोषित भए । उनीहरुले ट्रफि हात पारेका छन् ।
समापन समारोहमा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्गको प्रमुख अतिथ्यता रहेको थियो ।
प्रतियोगिताको विजेता खेलाडीलाई उपमेयर थिङ्ग, वडा नं ८ वडा अध्यक्ष स्वर्ण लामा, ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ, बारा जिल्ला तेक्वान्दो संघका अध्यक्ष नन्दु लामा, निजगढ नगर कमिटी तेक्वान्दो विकास समितिका अध्यक्ष मानध्वज लामा, पत्रकार महेश्वर अधिकारी लगायतले मेडल, प्रमाण पत्र प्रदान गरेका थिए ।

बारा जिल्ला तेक्वान्दो संघका अध्यक्ष नन्दु लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका सचिव दिपककुमार खड्का र धनु सिंजालीले गरेका थिए ।
स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित निजगढ–८ स्थित कभर्ड हलमा दुई दिनसम्म च्याम्पियनसिप सञ्चालन भएको थियो ।
समापन सामरोहमा बोल्दै उपप्रमुख थिङ्गाले महिलाहरुको आत्मरक्षाका लागी अति उपयोगी तेक्वान्दो खेल रहेको बताईन ।
त्यस्तै निजगढ नगरपालिका वडा नं ८ वडा अध्यक्ष स्वर्ण लामाले तेक्वान्दो खेलको विकास र प्रवद्र्धनका लागि सहयोग गर्ने बताए ।

खेलाडीहरुलाई उत्शाहितको लागी गरेको सहयोगले खेलाडीहरुले उपलव्धी गर्नु पर्नेमा जोड दिए । उनले राज्यले केहि सहयोग गरी रहदा खेलाडीले पनि राज्यलाई केहि उपलव्धी हसिल गरेर देखाउन पर्ने बताए ।
च्याम्पियनसिपमा निजगढ र कोल्हवीका एक सय खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत शनिबार १८ वटा तौल समूहको प्रतिस्पर्धा भएको छ । जसमा २६ केजी देखि ५१ केजी सम्मको तौल समुहको खेल भएको हो ।
यी हुन् विजयी खेलाडी
३० केजी तौल समुहमा सत्यश्वर तेक्वान्दो डोजाङ्गका पासाङ्ग लामा प्रथम, नेत्रोदय तेक्वान्दो डोजाङ्गका रोशन आलेमगर दितृय र जनज्योती तेक्वान्दो डोजाङ्गका अन्जन लामा तृतीय भए । नेत्रोदय तेक्वान्दो डोजाङ्गका कुशल थापातृतीय भए ।
त्यसैगरि ३३ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका समिर आले मगर प्रथम, प्रिन्स माझी दितृय र सत्यश्वर तेक्वान्दो डोजाङ्गका समिप लामा तृतीय र जनज्योती तेक्वान्दो डोजाङ्गका जेम्स विक तृतीय भए ।

त्यसैगरि ३६ केजी तौल समुहमा सिङ्गौल तेक्वान्दो डोजाङ्गका यामी लोप्चन प्रथम, कोल्हवी तेक्वान्दो डोजाङ्गका मानवी चौधरी दितृय र नेत्रोदय तेक्वान्दो डोजाङ्गका सलिना आले मगर तृतीय र सिङ्गौल तेक्वान्दो डोजाङ्गका फुलमाया मोक्तान तृतीय भए ।
त्यस्तै ३८ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका समर्पण नेपाली प्रथम, कोल्हवी तेक्वान्दो डोजाङ्गका रिसव चौधरी दितृय र सिङ्गौल तेक्वान्दो डोजाङ्गका समिल लामा तृतीय र जनज्योती तेक्वान्दो डोजाङ्गका क्रिशिचयन मगर तृतीय भए ।
त्यस्तै ४० केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका अनिशा दर्लामी प्रथम, जनज्योती तेक्वान्दो डोजाङ्गका श्रीजला कार्की दितृय कोल्हवी तेक्वान्दो डोजाङ्गका पार्वती मैनाली तृतीय र सिङ्गौल तेक्वान्दो डोजाङ्गका सुस्मिता तिमाल्सिना तृतीय भए ।
त्यस्तै ४२ केजी तौल समुहमासत्यश्वर तेक्वान्दो डोजाङ्गका सुदिप लामा प्रथम, नेत्रोदय तेक्वान्दो डोजाङ्गका रेगन बोहोरा दितृय र सिङ्गौल तेक्वान्दो डोजाङ्गका प्रभास खडका तृतीय र कोल्वीका तेक्वान्दो डोजाङ्गका संतोष् कार्की तृतीय भए ।
त्यस्तै ४३ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका सन्दिशा थापा मगर प्रथम, कोल्हवी तेक्वान्दो डोजाङ्गका प्रसंशा चौधरी दितृय सिङ्गौल तेक्वान्दो डोजाङ्गका सजिता पाठक तृतीय र सत्यश्वर तेक्वान्दो डोजाङ्गका गरिमा रिसाल तृतीय भए ।
त्यस्तै ४५ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका अनुपम मैनाली प्रथम, कोल्हवी तेक्वान्दो डोजाङ्गका कणैय दास दितृय नेत्रोदय तेक्वान्दो डोजाङ्गका रविण तामाङ्ग तृतीय र कोल्हवी तेक्वान्दो डोजाङ्गका गरिमा संदिप थारु तृतीय भए ।
त्यस्तै ४८ केजी तौल समुहमा जनज्योती तेक्वान्दो डोजाङ्गका अनिश दर्लामी प्रथम, र अस्विन लामा, सिङ्गौल तेक्वान्दो डोजाङ्गका सरोज दर्लामी दितृय सिङ्गौल तेक्वान्दो डोजाङ्गका तृतीय र कोल्हवी तेक्वान्दो डोजाङ्गका राजिव अचार्य तृतीय भए ।
त्यस्तै ५१ केजी तौल समुहमा कोल्हवी तेक्वान्दो डोजाङ्गका कमान लामा प्रथम, र अस्विन लामा, सिङ्गौल तेक्वान्दो डोजाङ्गका सरोज दर्लामी दितृय सिङ्गौल तेक्वान्दो डोजाङ्गका तृतीय र कोल्हवी तेक्वान्दो डोजाङ्गका राजिव अचार्य तृतीय भए ।
त्यसैगरि पुम्से पुरुष खेलाडीको प्रतिस्पर्धामा जनज्योतीका अस्बिन लामा (६.६) प्रथम भए । त्यसैगरि सिंगौलका सरोज दलार्मी (६.५) दितृय र नेत्रोदयका आरब कौचा मगर (५.६) तृतीय र कोल्हवीका रिसब चौधरी सान्त्वना भए ।
त्यसैगरि पुम्से समुहगत प्रतियोगितामा सिंगौलका बिनिमाया मोक्तान÷सरोज दर्लामी ((६.५) प्रथम भए, नेत्रोदयका श्रष्मिन थापा÷समिप गौतम (६.२) दितृय, नेत्रोदयका सन्दिशा थापा÷समपर्ण नेपाली (६) तृतीय र जनज्योतीका अस्मिन लामा÷सन्जिता वाईवा (५.५) सान्त्वना भए ।
प्रतियोगिताको फरक नेपाल डट कम र मधेस प्रवाह साप्ताहिक मिडिया पार्टनर रहेको छ ।
वि.सं.२०८० मंसिर २४ आइतवार १९:१२

















