skip this

हङकङबाट स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन साताव्यापी हङकङ भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्किएका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा समाजको अधिवेशनलाई सम्बोधन गर्न लिङदेन पुस ७ गते हङकङ प्रस्थान गरेका थिए ।

भ्रमणको क्रममा उनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गरेका थिए । साथै लिङ्देनले नेपाली महावाणिज्यदूत र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग भेट गरी नेपालीले भोग्नुपरेको समस्या लगायत विविध विषयमा छलफल गरेको छ।

अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्की पनि रहेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630