साविक भरतगञ्ज सिंगौल गाविसका पूर्व उपाध्यक्ष खड्कालाई पितृशोक
वि.सं.२०८० पुस २२ आइतवार २१:४२

बारा–साविक भरतगञ्ज सिंगौल गाविसका पूर्व उपाध्यक्ष मोहनबहादुर खड्का ‘दिपक’ लाई पितृशोक परेको छ ।
तत्कालिन नेकपा (माओवादी) बारा जिल्ला जनसरकार उपप्रमुख तथा नेकपा (माओवादी केन्द्र) का नेता दिपक खड्काका पिता चित्र बहादुर खड्काको आईतबार निधन भएको हो ।
२००६ सालमा रामेछापमा जन्मिएका चित्रबहादुर दम रोगबाट ग्रसित थिए । उनको अस्पतालमा उपचार सम्भवन नभएपछि घर फर्काएको थियो ।
उनको पार्थिब शरिरलाई सिंगौलस्थित नदिमा अन्तिम दाहसंस्कार गरिएको छ । नेकपा (माओवादी केन्द्र) को सदस्य समेत रहेका उनलाई पार्टी नेता बेनीबहादुर मुक्तानले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

अन्तिम श्रद्धाञ्जली दिन पार्टीका नेताहरु, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी लगायन जनप्रतिनिधि, शुभेच्छुक तथा स्थानीय घाटमा पुगेका थिए ।
वि.सं.२०८० पुस २२ आइतवार २१:४२
















