ट्याक्टर चलाइरहेका चालक अचानक भुईँमा लडेर मृत्यु
वि.सं.२०७८ माघ ३ सोमवार ०९:०८
1.33K
shares

काठमाडौं : सर्लाहीमा गोडैता नगरपालिका-४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ ।
आइतबार राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नगरपालिका-७ धमौरा घर भई, हाल गोडैता नगरपालिका बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो ।ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ माघ ३ सोमवार ०९:०८

















