गौरीशंकर ४९ एसएलसी फाउण्डेशनद्वारा जनज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल झोला वितरण
वि.सं.२०८० माघ २६ शुक्रवार २२:३२

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित जनज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई गौरीशंकर ४९ एसएलसी व्याच फाउन्डेसनले विद्यालय झोला वितरण गरेको छ ।
विभिन्न कारणले बिचैमा विद्यालय छाडेका र छाड्ने सम्भावना भएको हुँदा विद्यालयका विद्यार्थी १ सय ७० जना विद्यार्थीलाई सामाग्री वितरण गरिएको हो । एसएलसी ४९ व्याच फाउन्डेसनको प्रत्येक सहपाठीहरुबाट आर्थिक संकलन गरीे झोला वितरण गरेको फाउन्डेसनका संयोजक निजगढ वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले बताएका छन् ।
सहयोगले कलिला बालबालिकाहरुलाई आफ्नो भविष्य निर्धारण हौसला र उर्जा प्रदान हुने विद्यालयका प्रधानाध्यापक मनराज महताराले बताए ।
कार्यक्रममा फाउन्डेसनले पूर्व शिक्षक नारायणप्रसाद लामिछानेलाई सम्मान गरेको थियो । सम्मान ग्रहण गर्दै लामिछानेले विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने काम उद्धारणीय कार्य भएको बताए ।

कार्यक्रममा फाउन्डेसनका सहपाठीहरु दिपकुमार खड्का, शंकर चिमरिया, समुन्द्र नेपाल, मोहन मैनाली, ईन्द्र बन्जरालगायतले झोला वितरण गरेका थिए ।
त्यसैगरि वडा सदस्य बविता श्रेष्ठ, सर्मिला विश्वकर्मा, पत्रकार गोकुल घोरसाई, महेश्वर अधिकारी लगायतले झोला वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थोकरको अध्यक्षतामा भएको कार्यक्रम संचालन दिपककुमार खड्काले गरेका थिए ।
https://www.facebook.com/61554154396132/videos/7660090054014712
वि.सं.२०८० माघ २६ शुक्रवार २२:३२

















