skip this

शुल्क बृद्धिको विरोधमा पोखरा विश्वविद्यालयमा अखिल क्रान्तिकारीको ज्ञापनपत्र

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पोखरा : पोखराको लेखनाथस्थित पोखरा विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) ले मंगलबार शुल्क बृद्धिको विरोध लगायत १० बुदे ज्ञापन पत्र बुझाएको छ ।
अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय राष्ट्रिय समितिले विश्व विद्यालयका कन्ट्रोलर तुलसी भण्डारी र रजिष्ट्रार दिपकबहादुर भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो ।
अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष जीवन खड्का, उपाध्यक्ष सपिम खरेल ‘संघर्ष’, प्रमुख सचिव अर्जुन कुंवर लगायतले विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा विश्वविद्यालयले सूचना प्रकाशित गरेर पाँच वटा विषयको न्यूनतम रु. एक हजार पाँच सय र बाँकि प्रत्येक विषयको थप तीन सयका दरले बृद्धि गरिएकोमा विरोध जनाउँदै निर्णय फिर्ताको माग गरिएको छ ।
त्यसैगरि जनयुद्ध, जनआन्दोलनका शहीद–बेपता, घाइते एवं अपाङ्ग परिवारका लागि छुट्टै छात्राबृत्ति व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ । त्यसैगरि अनलाईन कक्षा सञ्चालन, क्यालेन्डर अनुसार परीक्षा सञ्चालन, स्वास्थ्य मापदण्ड अनुसार कोरोना प्रभावित परीक्षार्थीलाई व्यवस्थापन, विश्वविद्यालयको सम्बन्धन कलेजको शुल्क बृद्धि फिर्ता लगायत माग गरिएको छ ।
हेर्नुुस् ज्ञापन–पत्र

nijgadh-supermart-adz1200-630