skip this farak Kura Pravakar

पूर्वाञ्चल विश्वविद्यालयको मनपरी : स्वास्थ्य मापदण्ड पालनाको अटेर गदै परीक्षा सञ्चालन, विद्यार्थीले गरे विरोध प्रदर्शन

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बीए एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौँको बुद्ध नगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा आज विद्यार्थीहरुले  वैकल्पिक परीक्षाको ब्यबस्था गर, विद्यार्थीको जीवनमा खेलवाड गर्ने भिसी राजीनामा देस्ता  नारा लेखिएका प्लेकार्डहरु बोक्दै विरोध प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् भिडियो….

यसअघि विद्यार्थीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप गर्दा एक जना घाइते भएका थिए भने ११ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

नेपालमा कोरोना भाइरस रोग (कोभिड-१९)  सङ्क्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनको क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको बुझिएको छ ।

हाल चलिरहेको परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने ‘विद्यार्थीहरुको माग छ ।

nijgadh-supermart-adz1200-630