skip this farak Kura Pravakar

श्रीमतीले गरिन् आफ्नै श्रीमान्को हत्या

642 shares
oil-nigam-amlekhgunj-adv.jpeg

एक महिलाले रोल्पामा आफ्नै श्रीमान्को हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय श्रीमान् काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठीक नभएकी मीनाले श्रीमान् काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ ।

श्रीमती मीनाले श्रीमान् कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए ।

मीनालाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।

nijgadh-supermart-adz1200-630