भरतपुर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीको नगरपालिकाद्धारा विदाई
खेलाडी तथा प्रशिक्षकहरुलाई खेलकुद सामाग्री वितरण
वि.सं.२०८१ पुस ४ बिहीवार ०८:५१

बारा–चितवनको भरतपुरमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीको निजगढबाट विदाई गरिएको छ ।
भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा पुसको ४ देखि ६ गतेसम्म भरतपुर–१० स्थित भरतपुर कभर्डहलमा प्रथम भरतपुर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुदैँछ ।
नेपाल तेक्वान्दो संघ बाराको सिफारिसमा प्रतियोगितामा निजगढका १८ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा सहभागी हुन जान लागेको खेलाडीलाई निजगढ नगरपालिकाले विदाई गरेको छ ।
फुल गुच्छासहित खेलाडीलाई विदाई गर्दै मेयर सुरथ पुरीले मेडल लिएर फर्कन शुभकामना दिएका छन् । विदाई कार्यक्रममा उपमेयर सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्ष टेकबहादुर लामा, ज्ञानबहादुर गोले, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा नन्दु, समाजसेवी सन्तोष दंगाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरपालिकाले खेलाडी तथा प्रशिक्षकहरुलाई खेलकुद सामाग्री समेत वितरण गरेको थियो ।
खेलाडीको सूची :

वि.सं.२०८१ पुस ४ बिहीवार ०८:५१

















