skip this

तीन नम्बर पुलको टावर डाँडामा झाडीमा ९७ किलो गाँजा लुकाएका दुई जना पक्राउ

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-प्रहरीले ९७ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुलदेखि पूर्वतर्फको टावर डाँडामा रहेको झाडीमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको हो ।

सो क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने गाँजा ओसारपसारमा प्रयोग भएको बा११च ७०१२ नम्बरको कार समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका २ गडौलीका ३५ वर्षीय विष्णु लामा र भरतपुर महानगरपालिका २४ का ४६ वर्षीय टेकबहादुर गुरुङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैलाई हिरासतमा राखी कानुनी प्रक्रिया अघि बढाईएको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन् ।

 

nijgadh-supermart-adz1200-630