skip this

प्रदेश सरकारसँग विमानस्थल प्रभावितको गुनासो : टाँगियाबस्तीबासीले पाईएन निकाश !

धेरै रुख मासेर विमानस्थल नबनाउन वनकर्मीको आग्रह

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा–१६ टाँगियाबस्तीवासीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चापछि बस्तीले विकास नपाएको गुनासो गरेका छन् ।

बाराका साझेदारी वनका प्रतिनिधिसहित मधेस प्रदेश सरकारसँग गुनासो गर्न पुगेका स्थानीयले तीन दशकदेखि विमानस्थल बनाउने चर्चा भएपछि सरकारी निकायले विकास गर्न छाडेको सुनाए ।

विमानस्थल बनाउँदा बस्ती नै विस्थापित हुने भन्दै सरकारी तहबाट बजेट नै जान छाडेपछि आधारभूत विकासबाट समेत बञ्चित हुनु परेको भन्दै विकल्पको खोजि गरिदिन प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।

स्थानीय कृष्ण बुढाथोकीले एयरपोर्ट पनि नबन्ने विकास पनि रोकिने कार्यको निकाश निकालि दिन मुख्यमन्त्री सतिसकुमार सिंहसँग आग्रह गरे । उनले मोवाईल नेटवर्क समेत नहुने अवस्था रहेको गुनासो पाखे ।

त्यसैगरि हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष विकल्प भट्टराईले रुख मासेर विमानस्थल बनाउनु भन्दा वैकल्पिक स्थानको प्रस्ताव गरिएको बताए । उनले मधेस प्रदेशमा दिनानुदिन वन क्षेत्र कम भएको अवस्थामा विमानस्थल बनाउने नाममा थप रुख काट्न नहुने धारणा राखे ।

वातावरण अभियन्ता कायापलटका संस्थापक दिवाकर उप्रेतीले मधेसमा पानीको स्रोत घट्दै गएको भन्दै वन विनास गरेर विमानस्थल बनाउन नहुने बताए । उनले विकासको नाममा वन विनास गर्दा भविष्यमा झन संकट आउनेमा चिन्ता व्यक्त गरे ।

टोलीलाई मुख्यमन्त्री सिंहले वन विनासप्रति आफु सचेत रहेको भन्दै कम क्षति हुने गरि थोरै क्षेत्रफलमा विमानस्थल बनाउन सकिने धारणा रहेको बताए । काठमाण्डौको विकल्प निजगढ विमानस्थल बाहेक अरु हुन नसक्ने अवस्था रहेको भन्दै फास्ट ट्रयाक र विमानस्थल निर्माणपछि त्यस क्षेत्रका नागरिकले धेरै अवसर प्राप्त गर्ने बताए । उनले टाँगियाबस्तीको व्यवस्थापन गर्नुपर्ने बताए ।

टोलीले मुख्यमन्त्री सिंहसहित वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ र निमित्त प्रमुख प्रदेश सचिव जय घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।

टोलीमा सहजनाथ साझेदारी वन उपभोक्ता समूहका सदस्य मुस्ताक अन्सारी, नाफान सदस्य संजिता कुमारी, कायापलटका कोषाध्यक्ष वलराम कुमार साह, वातावरण अभियानी प्रत्युष कुमार ठाकुर, टाँगीयाबस्तिका स्थानीय कुमारी योन्जन लामा, रिता मोक्तान लगायत सहभागि थिए ।

nijgadh-supermart-adz1200-630