skip this

पत्रकार महासंघले भन्यो- एलबीको उपचारमा अस्पतालको लापरबाही

951 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । अस्पतालले लापरबाही गर्दा पत्रकार एलबी विश्वकर्माको निधन भएको कुरा सार्वजनिक भएको छ ।

टीभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्मा बुधबार राती ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल लगिएको थियो ।

पत्रकार विश्वकर्माको अस्पतालमा सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको नेपाल पत्रकार महासंघको प्रेस विज्ञप्तीमा उल्लेख छ । तर, विज्ञप्तीमा विषय गम्भीर उल्लेख भएपनि छानविन र कावाहीको बिषयमा भने महासंघ मौन छ ।

पत्रकार महासंले विज्ञप्ती जारी गरेपछि लुम्बिनी सञ्चार डटकमका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले सामाजिक संजाल फेसबुकमा यस्तो लेख्नु भएको छ :

यस्तै पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डीआर न्यौपानेले सामाजिक संजाल फेसबुकमा यो देशमा एउटा श्रमजीवी पत्रकार खल्तीमा १ हजार रूपैया नहुँदा अक्सिजन अभावले उपचार नपाएर अकालमै मर्नु पर्छ,समाचार लेख्दा लेख्दै आफै समाचार बन्छ, कस्तो विडम्बना रु हार्दिक श्रद्धाञ्जली एलबी विकभनेर पोष्ट गरेको छ ।

 

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार विश्वकर्माले जातीय विभेदका विषयमा खरो लेख्‍ने युवा लेखकका रुपमा परिचय बनाएका थिए ।

लापरबाही भएको छैन : डाक्टर खत्री

करिव एक सातादेखि सामान्य विरामी रहेका पत्रकार विश्वकर्मालाई स्वास प्रस्वासमा समस्य देखिएपछि नयाँ वानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । तर सो अस्तालले गेटबाटै फर्काइदिएपछि तत्काल पाटन अस्पताल लगेर इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

“यही बिषयमा पाटन अस्पतालका डाक्टर बिशाल खत्रीले फरक नेपाल डटकम सँग कुरा गर्दै भने, पत्रकार विश्वकर्माको उपचारमा केही कमी कम्जोरी भएको छैन । हामीले सक्दो प्रयास गरेका थियौ ।”

यस्तो छ महासंघको विज्ञप्ती

पत्रकारको निधनको खबरले महासंघ स्तब्ध
मिति स् २०७८।१०।०६
टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा एलबीको २४ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएका विश्वकर्माको उपचारकै क्रममा आज बिहान ३ः०० बजे निधन भएको हो । स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् ।  अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ ।

पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको छ । यो अत्यन्त दुःखद् र गम्भीर विषय हो । महासंघ स्वर्गीय पत्रकार विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
रोसन पुरी
महासचिव

nijgadh-supermart-adz1200-630