skip this

सेवा शुभारम्भ साकोसको १४ औं साधारण सभा आज, यस्ता छन् सम्मानका कार्यक्रम (भिडियो)

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढ ९ को सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था निजगढले साविक निजगढ गाविसका अध्यक्ष एंवम समाजसेवी स्वर्गीय नन्दीकेशर न्यौपानेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गर्नेभएको छ ।

सहकारीको आज हुने १४ औं साधारण सभाको पूर्वसन्ध्यामा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष मणिश्वर घिमिरेले सो जानकारी दिए ।

निजगढ गाविसका पूर्व अध्यक्ष न्यौपानेलाई मरणोप्रान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्न लागिएको अध्यक्ष घिमिरेले बताए ।

अध्यक्ष घिमिरेले साधारण सभाको अवसरमा २०७९ सालको प्लस टु परीक्षामा शेयर सदस्य घर परिवारका सदस्यबाट सर्वोत्कृष्ट अंक ल्याइ उतीर्ण हुने सामुदायिक विद्यालयका १ र संस्थागत विद्यालयबाट १ जना गरी २ जना छात्रछात्रालाई ‘सेवा शुभारम्भ छात्रवृत्ति’ पुरस्कारबाट पनि सम्मानित गरिने पनि जानकारी दिए ।

कार्यक्रममा सहकारीका व्यवस्थापक विवेककुमार ठाकुरले संस्थाको आर्थिक कारोबारकोबारेमा जानकारी दिनुभएको थियो । निजगढमा रहेको सेवा र शुभारम्भ सहकारी संस्थाको एकीकरणपछि ०७६ सालबाट संचालनमा आएको सेवासुभारम्भ सहकारीमा हाल ६ हजार २ जना शेयर सदस्य रहेका छन । पौष २० गते १० बजे शुभकार्य पार्टी प्यालेसको सभा हलमा साधारण सभाको आयोजना हुन लागेको हो ।

nijgadh-supermart-adz1200-630