skip this

साना किसान डुमरवाना बन्यो म्यादी जीवन बीमामा उत्कृष्ट !

१० हजारको चेकसहित प्रशंसा–पत्र प्रदान

1.87K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–साना किसान कृषि सहकारी संस्था लि., डुमरवाना म्यादी जीवन बीमामा उत्कृष्ट भएको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., सँगको सहकार्यमा सञ्चालित म्यादी जीवन बीमा कार्यक्रममा अधिकतम सदस्यहरुलाई बीमामा समावेश गराई ‘सदस्यहरुको आर्थिक हितको सुरक्षण’ प्रदान गरी उत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

संस्थालाई साना किसान कृषि सहकारी केन्द्रीय संघ लि. को १७ औ बार्षिक साधरण सभा र साना किसान लघु बित्त बित्तिय संस्था लि को २३ औ साधरण सभाको अवसरमा काठमाण्डौंमा सम्मान गरिएको छ ।

साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष प्रदीप बराललाई कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, संघका अध्यक्ष खेम बहादुर पाठक र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले १० हजारको चेकसहित प्रशंसा–पत्र प्रदान गरेका हुन् ।

प्रशंसा–पत्र ग्रहणपछि संस्थाका अध्यक्ष बरालले संस्थालाई यो सम्मान सम्म पु¥याउन सहयोग गर्ने सञ्चालक, लेखा सुपरीवेक्षण, सेयर सदस्य र कर्मचारीमा धन्यवाद व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630