फेटा गाउँपालिकाले दुई जना विद्यार्थीलाई दियो ल्याप्टप

वि.सं.२०८१ पुस २४ बुधवार २०:२५
384
shares

बारा– बाराको फेटा गाउँपालिकाले दुई जना विद्यार्थीलाई ल्याप्टप सहयोग गरेको छ ।
गाउँपालिकाले फेटा गाउँपालिका वडा न. १ त्रिवेणीका राहुल गुप्ता र वडा नं. ७ का गरिब, दलित एवम् जेहेन्दार छात्रालाई ल्याप्टप सहयोग गरेको हो ।
गुप्ताले एमबीबीएसमा छात्रवृत्तिमा नाम निकालेकोका छन् ।
विद्यार्थीलाई पालिका अध्यक्ष रुस्तम अंसारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहले संयुक्त रुपमा एक/एक थान ल्यापटप हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीलाई पढाईमा सहयोग पुगोस् भनेर ल्याप्टप सहयोग गरेको पालिका अध्यक्ष रुस्तम अंसारीले बताए ।

वि.सं.२०८१ पुस २४ बुधवार २०:२५