दर्शकबिनै आहा रारा गाेल्डकप सुरु : एपीएफकाे बिजयी सुरुवात
वि.सं.२०७८ माघ ६ बिहीवार १७:५२

पाेखरा : आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज युथ सकर क्लबसँगको भेट पक्का गरेको हो । एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे ।
खेलको १४ औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए । ६० औं मिनेटमा प्रदीपले बक्स भित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाएका थिए ।
हारसँगै आयोजक सहारा क्लब प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
१५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
वि.सं.२०७८ माघ ६ बिहीवार १७:५२
















