skip this farak Kura Pravakar

एमाले निजगढ नगर अधिवेशन : औपचारिक कार्यक्रममा सुधार ! स्टेजमा थोरै सिटदेखि थोरै वक्तासम्म

आकर्षक सजावटदेखि सम्मानसम्म

2.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–देशकै ठुलो कम्यूनिष्ट पार्टी नेकपा (एमाले) को केन्द्रिय कार्यक्रममा मञ्चदेखि कार्यक्रम स्थल प्रायः आकर्षक नै हुने गर्छन् । आमसभा र महाधिवेशनमा एमालेको मञ्च कौशल देखिन्छ । त्यसले आकर्षण पनि पैदा गर्छ । पछिल्लो समय एमालेले भृकुटीमण्डपमा आयोजना गरेको युथ सेलिब्रेसनको मञ्च सजावटकै झल्को दिने गरि एमाले निजगढले साजसज्जादेखि व्यवस्थापनमा ध्यान दिएको थियो ।

एमाले नगर अधिवेशन प्रवेशद्धारदेखि शुभकार्य पार्टी प्यालेस परिषरलाई आकर्षक बनाईएको थियो । कार्यक्रम सभाहल भित्र भएपनि सहभागीले बाहिरै बसेर कार्यक्रम सुन्न मिलोस् भनेर बाहिर कुर्सीसहित पण्डाल राखिएको थियो । फोटो स्पट पनि बनाएको थियो । जसमा कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालदेखि पार्टी अध्यक्ष केपी ओलीसम्मका तस्वीर राखिएको थियो । मदन भण्डारीदेखि मनमोहन अधिकारीसम्मका तस्विरमा नेता–कार्यकर्ताले फोटो खिचाईरहेका थिए । कम्यूनिष्ट पार्टी अंकित हसिँया हथौडादेखि पार्टी चिन्ह सूर्यसमेतले अर्को सौन्दर्य थपेको थियो ।

स्टेजमा थोरै सिट !

खचाखच गरेर अतिथि राख्दै औपचारिक कार्यक्रम गर्दै आएको अभ्यासलाई सुर्धादै एमाले निजगढले स्टेजमा एक लहरमै आशनलाई सिमित ग¥यो । जहाँ अधिकांश वक्तामात्रै थिए । सभाअध्यक्षदेखि प्रमुख अतिथिसम्मै एकै किसिमको सोफामा आशिन थिए ।

कार्यक्रमका प्रमुख अथिथि थिए–एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, उनीपछिको दोस्रो वरियतामा थिईन्, पुर्व मन्त्री ज्वालाकुमारी साह । उनीहरुसँगै पार्टी पोलिटव्युरो सदस्य एवं सांसद अच्युतप्रसाद मैनाली, केन्द्रिय सदस्य एवं मधेस प्रदेश सांसद मन्जु थापा, त्रिलोकी चौधरी, नेकपा (एमाले) मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, मधेस प्रदेश सांसद देवनारायण चौधरी, पूर्व प्रदेश सांसद सिता गुरुङ्ग, नेकपा (एमाले) बारा अध्यक्ष अध्यानन्द पाण्डे, उपमहासचिव अमृत बजगाई स्टेजमा आशिन थिए ।

पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला सदस्यसहित विभिन्न भातृ संगठनका प्रतिनिधिसहित आमन्त्रित पार्टी प्रमुखहरु समेत अन्य सहभागि सरह तल्लो लहरमा थिए ।

अधिवेशनको गमलमा राखिएको फूलमा जलसिंचन गरेर उद्घाटन गरिएको थियो ।

थोरै वक्ता

अधिवेशन उद्घाटन समारोहमा फरक पार्टीलाई समेत निम्तो थियो । एमालेको निम्तो मान्न कांग्रेस, माओवादी, रास्वपा, जनमत, राप्रपा र नेकपा (एस) का नेताहरु पुगेका थिए ।

कार्यक्रममा थोरै वक्ता राख्ने योजना बनाएको एमालेले आमन्त्रित पार्टीबाट दुई जनालाई शुभकामना दिने अवसर दिदा पार्टीकै तीन जना पोलिटव्यूरो सदस्य, एक जना सांसद, प्रदेश र जिल्ला कमिटीबाट एक–एक जनाले मन्तव्य राखेका थिए ।

कसले के भने ?

पार्टीबाट बोलेका अधिकांश नेताहरुले नयाँ नेतृत्व सहमतिमै बन्नुपर्नेमा धारणा राखेका थिए । उनीहरुले पार्टीलाई एकतावद्ध बनाउँदै आगामी निर्वाचनमा थप सफलता हात पार्नुपर्नेमा जोड दिएका छन् ।

एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पुर्व मन्त्री ज्वालाकुमारी साह, अच्युतप्रसाद मैनाली, त्रिलोकी चौधरी, नेकपा (एमाले) मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, नेकपा (एमाले) बारा अध्यक्ष अध्यानन्द पाण्डेले पार्टीलाई गतिशिल बनाउने गरि नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष संतोष दंगाललगायतले अधिवेशन सफलताको शुभकामना दिएका छन् ।

तीन शिर्षकमा सम्मान

अधिवेशनको अवसर पारेर एमालेले तीन वटा शिर्षकमा ७० भन्दा बढीलाई सम्मान गरेको छ । एमालले पार्टी स्थापनाकालदेखि सेल्टर लिएर योगदान पु¥याएकादेखि जनआन्दोलनका शहीद परिवार र कम्यूनिष्ट योद्धालाई सम्मान गरिएको थियो ।

राष्ट्रभक्तिदेखि पार्टी गितमा नृत्य

अधिवेशनलाई थप रोचक बनाउन एमालेले स्थानीय कलाकारबाट नृत्य प्रस्तुति देखाएको थियो । राष्ट्रभक्तिदेखि पार्टी गितमा नृत्य प्रस्तुत गरेका थिए । पश्चिम कोहि पूर्व घर..देखि मैपनि एमाले, शैपनि एमाले.. बोलको गितमा नृत्य प्रस्तुत गरेका कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।


क्याम्पसलाई सहयोग जुटाउन ज्ञापन

अधिवेशन मञ्चमा एमाले निकट विद्यार्थी संगठनले गौरीशंकर क्याम्पसलाई सहयोग जुटाउन सांसद मैनालीलाई ज्ञापन पत्र बुझाएको छ । क्याम्पस स्ववियू सभापति बालकृष्ण हुमागाँईले ज्ञापन पत्र पढेर सुनाएका थिए ।

अध्यक्ष मण्डल र निर्वाचन समिति घोषणा

उद्घाटन समारोहको समापन गर्दै नगर अध्यक्ष पुरीले नयाँ नेतृत्व चयन गर्न अध्यक्ष मण्डल र निर्वाचन समिति घोषणा गरेका छन् ।

बन्दसत्र सञ्चालनका लागि पार्टी प्रदेश कमिटी सदस्य एवं निजगढ नगर ईचार्ज लिलादेवी लामिछानेको संयोजकत्वमा पार्टी प्रदेश कमिटी सदस्य अम्बिकाप्रसाद चौलागाई, सुदर्शनप्रसाद कोईराला, जिल्ला कमिटी सदस्य एवं बारा क्षेत्र नं. १ का अध्यक्ष भरतबहादुर भण्डारी, सचिव रामजीप्रसाद बजगाई सदस्य रहने गरि अध्यक्ष मण्डल गठन गरिएको छ ।

त्यस्तै गोकुल घोरासाईनेको संयोजकत्वमा रुद्र धिताल र प्रलाद तिमल्सिना सदस्य रहने गरि निर्वाचन समिति गठन गरिएको छ ।

नगर अध्यक्ष तथा निजगढ नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष भोलाप्रसाद गौतमले स्वागत र सचिव तिलक घलान र थानेश्वर  सापकोटा `अविरल´ ले सञ्चालन गरेका थिए ।

भोली ११ बजेबाट बन्दसत्र

एमालले उद्घाटन सत्र सकेसँगै भोली (शुक्रबार) ११ बजेबाट बन्दसत्र सुरु गरिने भएको छ ।

निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा बन्द सत्र सञ्चालन हुने जनाईएको छ । बन्द सत्रमा विभिन्न माध्यमबाट छानिएका कुल दुई सय ९६ जना प्रतिनिधि सहभागि हुनेछन् । भुगोलबाट एक सय ९३, आयोजक कमिटीबाट ६९ जना, जनसंगठनबाट २७ र सल्लाहकारबाट ७ जना प्रतिनिधि छानिएका छन् ।

nijgadh-supermart-adz1200-630