मधेश प्रदेशमा वैशाख २३ गते र जेठ २८ गते सार्वजनिक बिदा
वि.सं.२०८२ वैशाख २१ आइतवार १६:०९
1.41K
shares

बारा-मधेश प्रदेश सरकारले बैशाख २३ गते र जेठ २८ गते सार्वजनिक विदा दिने भएको छ ।
मधेस सरकारले वैशाख २३ गते मंगलवार जानकी नवमी (सीता जयन्ती) र मिति २०८२।०२।२८ गते बुधवार कविर दास जयन्तीका दिनमा सार्वजनिक विदा दिएको हाे ।
मधेस सरकारले २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना आईतवार प्रकाशित भएको छ ।
मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सूचना प्रकाशित गरेर उप-सचिव गणेश नायकले जानकारी गराएका हुन् ।

वि.सं.२०८२ वैशाख २१ आइतवार १६:०९


















