प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता : वडा नं. १२ लाई पराजित गर्दै वडा नं. ३ विजयी
वि.सं.२०८२ वैशाख २३ मंगलवार २१:५५

बारा–बाराको निजगढमा सञ्चालित प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा वडा नं. १२ लाई पराजित गदैै वडा नं. ३ विजयी भएको छ ।
निजगढ नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालन भएको खेलमा २–० गोल अन्तरले वडा नं. ३ विजयी भएको हो ।
वडा नं. ३ को जीतमा जर्सी नं. रोज बजु गोल गरेका हुन् । पहिलो र दोस्रो हाफमा एक÷एक गोल गरेका थिए ।

आजको खेल जितेसँगै निजगढ वडा नं. ३ को टिम क्वाटरफाईनल प्रवेश गरेको छ ।
यसैविच खेलको म्यान अफ द म्याचको उपाधि विजेता टोलीका सन्दिप थोकरले प्राप्त गरेका छन् ।
उनलाई वडा नं. ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, कार्यपालिका सदस्य मानबहादुर भुजेल र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफि प्रदान गरेका छन् ।
यसैविच बुधबार पहिलो खेल वडा नं. ४ र १० विच हुने छ भने दोस्रो वडा नं. ६ र ८ विच हुनेछ ।
वि.सं.२०८२ वैशाख २३ मंगलवार २१:५५
















