skip this

नवतारा साकोस निजगढद्धारा जनज्योती आधारभूत विद्यालयलाई कम्प्यूटर सहयोग

1.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ ९ स्थित नवतारा बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आज एक विद्यालयलाई सहयोग गरेको छ।

निजगढ-९ स्थित जनज्योती आधारभूत विद्यालयलाई सहयोगार्थ संस्थाले कम्प्युटर सहयोग गरेको हो।

संस्थाका अध्यक्ष गणेश राजभण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थाेकरलाई एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राजभण्डारीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको बताएका छन्।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थाेकरले विद्यालयलाई यस्तै खालको सहयोगले अगाडि बढ्न प्रेरित गरिरहेको बताएका छन् ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक मनराज महताराले विद्यालयलाई प्रविधि मैत्री बनाउन कम्प्युटर सहयोगले याेगदान पुगेको बताएका छन्। उनले आगामी दिनमा पनि यस्तै खालको सहयोगको अपेक्षा गरेको पनि बताएका छन् ।

कार्यक्रममा व्यवस्थापन समितिका सदस्य सर्मिला सुनुवार र लालबहादुर तामाङ सहभागी थिए ।

त्यसैगरी संस्थाका उपाध्यक्ष चित्रकुमार तिमल्सिना, सचिव नवराज मैनाली, सल्लाहकार कुलबहादुर गुरुङ, व्यवस्थापक प्रविण खड्गी, सहायक लेखापाल करुणा राउत लगायत सहभागी थिए ।

nijgadh-supermart-adz1200-630