skip this

राप्रपा नेता रविन्द्र मिश्रलाई जमानीमा छोड्न सर्वोच्चको आदेश

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्रलाई जमानीमा छाड्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मिश्रलाई थुनामुक्त गर्ने आदेश दिएको सर्वोच्चका उपरजिष्ट्रार एवं सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

उनका अनुसार कानुन व्यवसायीको रहोवरमा मिश्रलाई थुनामुक्त गर्न आदेश दिइएको हो ।

गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि उनी पक्राउ परेका थिए । 

nijgadh-supermart-adz1200-630