skip this

फलफूल वितरणका लागि निजगढ नगरपालिकाको आह्वान, ५ दिनभित्र प्रस्ताव पेश गर्न अनुरोध

693 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-निजगढ नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्ययोजना अनुसार सञ्चालन हुने फलफूल कार्यक्रमका लागि आवश्यक सेवा प्रदायक छनोट गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ। नगरपालिकाले योग्य इच्छुक सेवाप्रदायकहरूलाई सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र कृषि शाखामा आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न अनुरोध गरेको छ।

सूचनामा विभिन्न प्रकारका फलफूल बिरुवाहरू — आम, अम्बा, लिची, कटहर, अमला, कागती, लगायतका बिरुवाको परिमाण, मूल्य तथा साझेदारी दरसमेत उल्लेख गरिएको छ। बिरुवाको मूल्य कृषक र नगरपालिकाले बराबर साझेदारीमा बेहोर्नुपर्नेछ ।

नगरपालिकाले सेवाप्रदायकहरूलाई मूल्यको १०% जमानत रकमसहित आवेदन दिन आग्रह गरेको छ ।

नगर प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालद्वारा हस्ताक्षरित सूचनामा फलफूल वितरण कार्यक्रम पारदर्शिता र समुचित व्यवस्थापनसहित सञ्चालन गरिने उल्लेख छ ।

nijgadh-supermart-adz1200-630