skip this farak Kura Pravakar

हिमालयन बैंक निजगढ शाखाद्वारा डम्बरपुरका चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-हिमालयन बैंक लिमिटेड निजगढ शाखाको आयोजनामा बारा जिल्लाको निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ्ग समुदायका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत ३५ जना चेपाङ्ग विद्यार्थीहरूलाई शर्ट, पाइन्ट, जुत्ता, मोजा र स्कुल झोला (ब्याग) वितरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो कार्यक्रममा हिमालयन बैंकका मधेस प्रदेश प्रमुख सागर कुमार रेग्मी, निजगढ शाखा प्रमुख सोम कार्की तथा रविन बराल लगायत विद्यालयका शिक्षक–शिक्षिका, स्थानीय अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य घलानले सहयोगले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई विद्यालयमा नियमित उपस्थित गराउन प्रेरणा दिने विश्वास व्यक्त गर्दै हिमालयन बैंकलाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630