skip this farak Kura Pravakar

इजरायली आक्रमणको विरोध गर्दै काठमाडौंमा प्रदर्शन

612 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले  इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । 

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपालगायत १२ कम्युनिस्ट पार्टीहरूले इजरायलद्वारा गजा क्षेत्रमा भएको ‘नरसंहार’ र इरानमाथिको हालैको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरे ।

प्रदर्शनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, लीलामणि पोखरेल, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतीसहित विभिन्न कम्युनिस्ट घटकका नेता–कार्यकर्ताहरू सहभागी थिए ।

‘साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति कायम गर’ नारा लगाउँदै उनीहरूले शान्तिबाटिका (रत्नपार्क) बाट सुरु गरी जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा पुगेर सभा गरे ।

गत असार १९ गते नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिस्ट पार्टीहरूको बैठकले इजरायलको गजा र इरानमाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

nijgadh-supermart-adz1200-630