skip this farak Kura Pravakar

सिमरामा भदौ २१ गतेदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको सिमरामा भदौ चौथो साता अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतियोगिता भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा रात्रि समयमा हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको क्लबका सचिव हरि चौधरीले बताए ।

प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभूवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, कुरुसङ गल्स फुटबल एकेडेमी दार्जलिङ र आयोजकको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख नगद प्राप्त गर्नेछन् । यसैगरी विधागततर्फ उत्कृष्ट डिफेन्स, मिडफिल्डर, गोलरक्षक, फरवार्ड, प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

चार वर्षदेखि भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले यस वर्षदेखि महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका सल्लाहकार विनोद परियारले बताए ।

बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबल आयोजना हुनु गर्वको विषय रहेको बताए। पछिल्लो पटक महिला फुटबलले प्राप्त गरेको सफलताले यसप्रति क्रेज पनि बढ्दो अवस्थामा रहेको लामाको भनाइ थियो। लामाले महिला फुटबलको विकासमा यस प्रतियोगिताले सहयोग पुग्नेमा आशावादी रहेको समेत बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका १४ नं. वडाकी अध्यक्ष चयन गुरुङ्गले महिला खेलाडीलाई प्रवद्र्धन गर्ने आफ्नो सपना प्रतियोगिताको माध्यमबाट पुरा हुन लागेको बताईन् । समाजका लागि एकाकार गराउन खेलकुदले भूमिका खेल्ने बताईन् ।

जीतपुरसिमरा उपमहानगरपालिका २ नं. वडाका अध्यक्ष धनबहादुर श्रेष्ठले महिला खेलाडीले देशको नाम उच्च राख्ने काम गरिरहेको बताए ।

नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीले सिमरा भेट्रान क्लबले खेल प्रतियोगितामा पृथकता प्रदान गर्दै मधेस प्रदेशमै पहिलो पटक यस्तो प्रतियोगिता आयोजना हुन लागेको बताए ।

नेकपा (एमाले) जीतपुसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहले महिला फुटबलले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाईरहेको बताए । सिमरामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु जीतपुरसिमराबासीलाई गौरवको विषय भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) जीतपुसिमरा उपमहानगर कमिटीका अध्यक्ष प्रेम बरालले खेलकुद प्रतियोगिताको माध्यमले सिमराको अर्थतन्त्र चलायमान हुने बताए । उनले जीतपुरसिरमामा खेलकुद क्षेत्र अगाडी बढिरहेको बताएका छन् ।

खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलले सिमरा क्षेत्र शसक्त महिला खेलाडीको टिम भएको क्षेत्रका रुपमा इतिहास रहेको उल्लेख गरे ।

सिमरास्थित विश्वास होटलमा भएको पत्रकार सम्मेलनमा क्लबका कानूनी सल्लाहकार राजु तिमल्सिना लगायत विभिन्न पत्रकार संघसंगठनका प्रतिनिधि, सञ्चारगृहका प्रतिनिधि, खेल प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो । आयोजक क्लबका अध्यक्ष राजकपुर राउतको अध्यक्षता तथा पत्रकार प्रदिप गौतमको सहजिकरणमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

nijgadh-supermart-adz1200-630