skip this

निजगढकाे पुरानाे टाेलमा भाद्र १० गते हुने तीज विशेष कार्यक्रममा राष्ट्रिय कलाकार आउने

2.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- डेढ दशकदेखि “निजगढको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक जगेर्ना” भन्ने नारासहित बाघ भैरव युवा क्लबले आयाेजना गर्दै आएको बृहत तीज विशेष कार्यक्रम याे वर्ष पनि राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने भएका छन् ।

निजगढ–४ पुरानोटोलस्थित ले आगामी भाद्र १० गते, मंगलबार दिउँसो १२:०० बजेदेखि श्री जनकल्याण आ.वि.को प्राङ्गणमा बृहत तीज विशेष कार्यक्रम–२०८२ आयोजना गर्ने भएको छ ।

कार्यक्रममा राष्ट्रियस्तरमा ख्याती प्राप्त गायिका बिन्दा परियार,राष्ट्रिय कलाकार फुलेन्देकी आमा (उमेश राई) ले प्रस्तुति दिने भएका छन् ।

त्यसैगरि निजगढबाट उदायका राष्ट्रिय कलाकार बद्री राउत, प्रमिला आलेकाे समेत प्रस्तुति रहने गायक एवं कलाकार संयोजक नवराज राउतले जानकारी दिए । कार्यक्रममा गायक राउतकाे समेत प्रस्तुति रहनेछ ।

यस कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ मधेश प्रदेश सह–आयोजक रहनेछ भने, निजगढ नगरपालिका, वडा नं. ४, निजगढ नगर कार्यपालिकाको कार्यालय, लक्षित कोष निजगढ, अवतार साकोस निजगढ–८ लगायतका संस्थाहरुको सहयोग रहनेछ।

कार्यक्रमको मिडिया पार्टनर फरक नेपाल डट कम र रेडियो निजगढ रहनेछ भने इन्टरनेट पार्टनर निजगढ केबुल नेट हुनेछन्।

आयोजक बाघ भैरव युवा क्लबका अनुसार यस किसिमका कार्यक्रमले स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा सकारात्मक टेवा पुर्याउने विश्वास लिइएको छ।

nijgadh-supermart-adz1200-630