निजगढमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा तीज दर कार्यक्रम सम्पन्न
वि.सं.२०८२ भदौ ९ सोमवार १५:१९
1.5K
shares

बारा-प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड निजगढ कार्यालयले महिलाहरूको महान् पर्व हरितालिका तीज अवसरमा भव्य दर खाने कार्यक्रम सम्पन्न गरेको छ। तारा इन होटलमा आयोजित कार्यक्रममा शाखा प्रमुख अमृताकुमारी बस्नेतले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने एजन्सी म्यानेजर मिना चौरेले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रम अन्तर्गत नृत्य प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो। प्रतिस्पर्धामा ९ जनाले सहभागिता जनाएका थिए। जसमा अनु चौलागाई प्रथम, रुपा घिमिरे द्वितीय र दुर्गा घिमिरे तृतीय घोषित भए। विजेताहरुलाई शाखा प्रमुख बस्नेतले पुरस्कार वितरण गरेकी थिइन्।

उक्त शाखा मधेस प्रदेशकै उत्कृष्ट शाखा रहेको उल्लेख गर्दै कार्यक्रममा सहभागीहरुले खुशी व्यक्त गरेका थिए।
वि.सं.२०८२ भदौ ९ सोमवार १५:१९

















