skip this farak Kura Pravakar

एकै दिन काठमाडौँमा तीन व्यक्ति मृत फेला

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बूढानीलकण्ठमा एक र काठमाडौं महानगरपालिका १९ ढोकाटोलमा दुई जना मृत भेटिएका हुन् ।

बूढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत अवस्थामा भेटिएकी हुन् ।

यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा दुई पुरुष मृत भेटिएका छन् । उनीहरुको पहिचान हुन सकेको छैन ।

तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630