निजगढ ५ वडा कार्यालय पुनः सञ्चालन गर्न समाजसेवी सापकोटाले गरे सहयोग
वि.सं.२०८२ कात्तिक १६ आइतवार १६:०३

बारा-२४ भदौमा जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा निजगढ नगरपालिका वडा नं. ५ को कार्यालयका सामाग्री आगजनी भएपछि सेवा सञ्चालन प्रभावित भएको छ ।
विभिन्न कार्यालय सामग्री नष्ट भएपछि पुन: कार्यालय सञ्चालन गर्न सहयोग जुटाउन थालिएको छ ।
समाजसेवी तथा युवा व्यवसायी मनोज सापकोटाले आइतबार सहयोग प्रदान गरेका छन् ।
सापकोटाले कार्यालयका लागि अफिस फाइल र्याक १ थान र वडा अध्यक्षको कोठाका लागि कार्पेट सहयोगस्वरूप उपलब्ध गराएका हुन् ।
वडा अध्यक्ष सुर्यबहाद थापा मगरले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भने, “आफू संकटमा परेका बेला समाजसेवी मनोज सापकोटाजस्ता युवाबाट प्राप्त सहयोगले कार्यालय सञ्चालनमा ठूलो सहजता पुगेको छ ।”
उनले समाजसेवी सापकोटा प्रति हार्दिक धन्यवाद दिंदै यस्ता सहयोगात्मक भावना समाज र समुदाय दुवैका लागि प्रेरणादायी हुने उल्लेख गरे।
वि.सं.२०८२ कात्तिक १६ आइतवार १६:०३

















