skip this

जंगली हात्तीको आतङ्कः निजगढ-पथलैया सडकमा सवारी आवागमन अबरुद्ध

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-मधेश प्रदेशको बारा जिल्लास्थित निजगढ क्षेत्रमा गए राति जंगली हात्तीले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध पारेको छ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार मिति २०८२ साल कात्तिक २३ गते राति करिब ११:४५ बजे १२ किलो र पसाहा पुलको बीचको राष्ट्रिय निकुञ्ज वन्यजन्तु क्रसिङ जोनमा हात्ती आएको र त्यसले राजमार्गमा गुडिरहेका सवारीसाधनहरूमा आक्रमण गरेको हो ।

घटनापछि राजमार्गमा सवारीसाधनको आवागमन ठप्प बनेको छ। हात्तीले इन्डियन नम्बर प्लेटको फोर्स गाडी र एकवटा बोलेरो गाडी पल्टाइदिएको तथा गाडीभित्र रहेका सामानहरू पनि नष्ट गरेको प्रहरीको भनाइ छ। यस्तै, हात्तीले WB73 G 9587 नम्बरको माइक्रो बस र बा २ च ७९२८ नम्बरको पिकअप गाडीमा समेत क्षति पुर्‍याएको बताइएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोली, नेपाली सेनाको १० जनाको टोली तथा सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी परिचालन गरी हात्ती धपाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

बिहानसम्म पनि हात्ती सो क्षेत्रमा सक्रिय रहँदा राजमार्ग हुँदै गुड्ने गाडीहरूको सिसा फुटालिएको र के कति क्षति भएको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

स्थानीय बासिन्दा र सवारी चालकहरू हात्तीको गतिविधिका कारण त्रसित बनेका छन्। सुरक्षा निकायले हात्तीलाई सुरक्षित रूपमा वनतर्फ फर्काउने प्रयास जारी राखेको जनाएको छ।

nijgadh-supermart-adz1200-630