skip this

कांग्रेस विशेष महाधिवेशन : बाराका फर्मुल्लाह मन्सुर सहमहामन्त्री निर्विरोध, यी हुन् तीन जना केन्द्रीय सदस्य

2.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापतिमा निर्विरोध निर्वाचित गरेको छ।

६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरु भएको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको हो । व्यापक समर्थनका साथ थापा निर्विरोध निर्वाचित भए ।

महाधिवेशनबाट बारा जिल्लाले महत्वपूर्ण प्रतिनिधित्व पाएको छ। बाराका फर्मुल्लाह मन्सुर (मुस्लिम क्लस्टर) सहमहामन्त्री पदमा निर्विरोध चयन भएका छन्।

यसैगरी, बारा जिल्लाबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। केन्द्रीय सदस्य (खुल्ला) पदमा शम्भु बुढाथोकी, केन्द्रीय सदस्य (मधेश प्रदेश–महिला) पदमा मधु शाही तथा केन्द्रीय सदस्य (मधेश प्रदेश–खुल्ला) पदमा रामानन्द यादव निर्वाचित भएका हुन्।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै समावेशी र जनमुखी राजनीतिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

nijgadh-supermart-adz1200-630