skip this farak Kura Pravakar

समाज फुटाउने राजनीति हाम्रो संस्कार होइन : कांग्रेस युवा नेता दंगाल

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाली कांग्रेसका युवा नेता रमेशप्रसाद दंगालले समाजलाई विभाजन गर्ने, डर र भ्रम फैलाएर भीड उचाल्ने प्रकारको राजनीति नेपाली कांग्रेसको विचार र संस्कार विपरीत भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै दंगालले लेखेका छन्,“म नेपाली कांग्रेस हुँ भन्नेमा गर्व गर्छु, किनकि समाज फुटाएर, डर र भ्रम बेचेर, भीड उचालेर राजनीति गर्नेहरू हाम्रो विचार र संस्कारका होइनन्।”
उनले लोकतन्त्र, सहिष्णुता र सामाजिक सद्भाव नै नेपाली कांग्रेसको मूल पहिचान भएको उल्लेख गर्दै नकारात्मक राजनीति गर्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गरेका छन्। देशलाई एकताबद्ध बनाएर अगाडि बढ्ने जिम्मेवारी सबै राजनीतिक शक्तिको भएको उनको भनाइ छ।

दंगालको उक्त अभिव्यक्तिलाई कांग्रेसको मूलधार विचारधाराको पक्षमा आएको स्पष्ट सन्देशका रूपमा हेरिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा फैलिने भ्रम र उत्तेजनात्मक राजनीतिप्रति उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

nijgadh-supermart-adz1200-630