कोल्हवीमा भोलीदेखि श्रीमद् भागवत महापुराण ज्ञानयज्ञ सुरु हुँदै
वि.सं.२०८२ माघ १८ आइतवार २१:४०

बारा-कोल्हवी नगरपालिका–१, कोल्हवीमा दिवंगत पिता स्व. टीकालाल प्रसाई र माता स्व. खड्गमाया प्रसाईको मोक्ष कामनार्थ श्रीमद् भागवत महापुराण ज्ञानयज्ञ आयोजना हुने भएको छ ।
प्रसाई परिवारको आयोजनामा हुने उक्त धार्मिक कार्यक्रम २०८२ साल माघ १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
धार्मिक तथा आध्यात्मिक वातावरणमा आयोजना हुने ज्ञानयज्ञले स्थानीय श्रद्धालु भक्तजनहरूलाई आध्यात्मिक लाभ पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
भागवत कथाको वाचन कथाव्यास पण्डित श्री अमृतशरण देवाचार्यले गर्नुहुनेछ। कार्यक्रम स्थलमा दैनिक रूपमा भागवत कथा, भजन–कीर्तन तथा धार्मिक अनुष्ठानहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन् ।
प्रसाई परिवारले उक्त पुण्य अवसरमा सम्पूर्ण धर्मप्रेमी तथा श्रद्धालु भक्तजनहरूलाई उपस्थित भई धार्मिक लाभ लिन हार्दिक निमन्त्रणासमेत गरेको छ ।
वि.सं.२०८२ माघ १८ आइतवार २१:४०
















