skip this farak Kura Pravakar

श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय निजगढ ७ आधारभूत तह (कक्षा ८) को नतिजामा ‘ह्याट्रिक’ !

498 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह (कक्षा ८) वार्षिक परीक्षामा लगातार तीन वर्षसम्म उत्कृष्ट नतिजा ल्याउँदै निजगढ–७ स्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले ‘ह्याट्रिक’ मारेको छ ।

नगरभित्र सञ्चालित १२ वटा विद्यालयलाई पछि पार्दैै ‘ह्याट्रिक’ मारेको ८७.५ प्रतिशत नतिजा ल्याएको हो ।

१६ जना विद्यार्थीले परीक्षामा सामेल भएकोमा पाँच जनाले ‘ए’ प्लस, ६ जनाले ‘ए’, ३ जनाले बी प्लस ग्रेड ल्याउन सफल भएका छन् ।

शिक्षक तथा विद्यार्थीको मेहनतले तीन वर्षदेखि नगरमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630