skip this farak Kura Pravakar

रोजगारी खोज्दै भारत पुगेका सिंगौलका गोविन्द विकलाई प्यारालाइसिस, उपचारका लागि सहयोगको अपिल

168 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—बाराको निजगढ नगरपालिका–२, सिंगौल निवासी गोविन्द विक रोजगारीको खोजीमा छिमेकी मुलुक भारत पुगेका थिए। घरपरिवारको जिम्मेवारी बोकेर केही आम्दानी गर्ने उद्देश्यले भारत गएका उनी त्यहाँ पुगेको केही दिनमै गम्भीर रूपमा बिरामी परेका छन्।

अचानक आएको स्वास्थ्य समस्याका कारण उनको शरीरको आधा भाग चल्न छाडेको छ। बोल्न, हिँड्न र आफैं उठ्नसमेत कठिन भएपछि साथीसंगीहरूको सहयोगमा उनलाई नेपाल फर्काइएको थियो। हाल उनी प्यारालाइसिस जस्तो जटिल रोगसँग संघर्ष गरिरहेका छन्।

उनको उपचार जारी रहे पनि कमजोर आर्थिक अवस्थाका कारण उपचारलाई निरन्तरता दिन समस्या भइरहेको परिवारले जनाएको छ। एकातिर रोगको पीडा र अर्कोतर्फ आर्थिक अभावका कारण उनी र उनका परिवार गम्भीर संकटमा परेका छन् ।

यसैबीच, गोविन्द विकले आफ्नो उपचारका लागि सहयोग जुटाइदिन सबैसँग हार्दिक अपिल गरेका छन्। सहयोग गर्न इच्छुकहरूका लागि उनकी पत्नी हिरा विकको बैंक खाता र क्यूआर कोड भिडियोमार्फत सार्वजनिक गरिएको छ।

परिवारले सानो सहयोगले पनि एउटा जीवन बचाउन र एउटा परिवारमा आशा फर्काउन सकिने भन्दै सबै दयालु मनहरूलाई सक्दो सहयोग गर्न अनुरोध गरेको छ।

nijgadh-supermart-adz1200-630