सल्यक्रियापछि केपी शर्मा ओली आज डिस्चार्ज हुँदै
वि.सं.२०८३ वैशाख ५ शनिवार १९:२५
87
shares

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पित्त थैलीमा रहेको पत्थरी निकाल्ने सल्यक्रियापछि स्वास्थ्यलाभ गर्दै आज साँझ ७:३० बजे शिक्षण अस्पताल महाराजगञ्ज बाट डिस्चार्ज हुँदै हुनुहुन्छ। हाल उहाँलाई डिस्चार्ज गर्ने प्रक्रिया जारी रहेको अस्पताल स्रोतले जनाएको छ।
अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन एमालेका महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल तथा नेता विष्णु रिमाल अस्पताल पुगेका छन्।
यसैबीच, अध्यक्ष ओलीलाई घरसम्म लिन नेकपा एमाले सम्बद्ध कार्यकर्ताहरू अस्पताल परिसरमा भेला भएका छन्।
वि.सं.२०८३ वैशाख ५ शनिवार १९:२५
















